लेख विवरण

एसियाली खेलकुद : स्क्वासकी विपना प्रिक्वाटरफाइनलमा पराजित

एसियाली खेलकुद : स्क्वासकी विपना प्रिक्वाटरफाइनलमा पराजित

काठमाडौंँ । एसियाडअन्तर्गत स्क्वासको महिला सिंगल्समा नेपालकी पिवना ब्लोन जापानसंग ३–० ले पराजित भएकी छन् । जापानकी अकारी मिडोरिकावाले विपनालाई ११–३, ११–१ र ११–५ ले हराइन् ।

अघिले दिन आइतबार पहिलो चरणमा विपनाले थाइल्यान्डकी चुजित वारिट्साराबाट ११–७, ११–७ र ११–८ ले पराजित गर्दै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरेकी थिइन् ।

मिक्स डबल्सको समूह ‘सी’ को दुवै खेलमा नेपाल पराजित भएको छ । हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टर कोर्टमा नेपालका अमिर ब्लोन र स्वास्थानी श्रेष्ठको जोडी मलेसिया र थाइल्यान्डसंग क्रमशः २–० र २–१ को सेटमा पराजित भए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.