एसियाली खेलकुद : आर्चरीमा नेपाल पराजित
एसियाली खेलकुद अन्तर्गत आर्चरीको पुरुष व्यक्तिगत कम्पाउन्डको इलिमिनेसन राउन्डमा नेपालका योगेन्द्र शेरचन इराकका मोहमम्द इब्राहिम इसक अल दाघमनसंग १४०–१३५ ले पराजित भएका छन् । सोही स्पर्धाको महिलामा भारतकी गोपीचन्द स्वामी अदितिले नेपालकी इमायुङ राईलाई १४९–१३७ ले हराइन् ।
पुरुष व्यक्तिगत रिकर्भको इलिमिनेसनमा नेपालका तिलक पुनले मिश्रित प्रदर्शन गरे । तिलक राउन्ड अफ १६ मा दक्षिण कोरियाका जिन्येक ओहसंग ६–० ले पछि परे । त्यसअघि राउन्ड अफ ३२ मा तिलकले म्यान्मारका जाउ तेतलाई ७–१ ले हराएका थिए । उक्त स्पर्धाको महिलामा बंगलादेशकी दिया सिद्धिकीले नेपालकी मन्जु बजगाईंलाई ६–० ले पाखा लगाइन् ।

टिप्पणी लेख्नुहोस्