लेख विवरण

एसियाली खेलकुद : नेपालविरुद्ध यस्तो हुन सक्छ भारतको प्लेइङ-११

एसियाली खेलकुद : नेपालविरुद्ध यस्तो हुन सक्छ भारतको प्लेइङ-११

काठमाडौंँ । एसियाली खेलकुद अन्तर्गत नेपाल र भारतबीचको क्वाटरफाइनल खेल मंगलबार हाङ्जाओस्थित पिङफेङ कलेज क्रिकेट मैदानमा हुँदैछ । सन् २०२१ मा श्रीलंका विरुद्ध टी-२० क्रिकेटमा डेब्यु गरेका ऋतुराज गायकवाडले एसियाली खेलकुद मार्फत पहिलो पटक भारतको नेतृत्व गर्ने भएका छन् ।

प्रतियोगिताका लागि भारतीय टोलीमा प्रायः युवा खेलाडीहरुलाई समावेश गरिएको छ । एकदिवसीय विश्वकपका कारण भारतको युवा टोलीलाई एसियाली खेलकुदमा पठाउने निर्णय भएको थियो ।

पहिलो पटक भारतको कप्तानी गर्न लागेका ऋतुराजलाई नेपालविरुद्धको प्लेइङ इलेभेन छनोट गर्न त्यति सजिलो हुने छैन । प्लेइङ इलेभेनमा उनलाई ओपनरको रुपमा देख्न सकिनेछ । यसबाहेक यशस्वी जैसवाल उनको सहओपनर हुन सक्छन् । बायाँ हाते तिलक वर्मालाई तेस्रो नम्बरमा देख्न सकिनेछ।

भारतको मिडल अर्डर राहुल त्रिपाठीबाट सुरु हुन सक्छ। त्यसपछि प्रभसिमरन सिंहले विकेटकिपरको रूपमा पाँचौं नम्बरमा मौका पाउन सक्छन्। प्लेइङ इलेभेनमा स्थान बनाएको खण्डमा प्रभसिमरनले भारतका लागि डेब्यु गर्नेछन् । त्यसपछि स्पिन अलराउन्डर वाशिंगटन सुन्दर छैटौं नम्बरमा आउने पक्का छ। आईपीएलबाट चर्चा कमाएका रिंकु सिंह सातौं नम्बरमा फिनिशरको रुपमा देखिने छन् । रिंकुले भारतका लागि आयरल्याण्ड भ्रमणमा डेब्यु गरेका थिए ।

भारत बलिङ विभाग स्पिनर रवि बिश्नोईबाट सुरु हुन सक्छ। स्पिन डिपार्टमेन्टमा वासिङ्टन सुन्दरले बिश्नोईलाई साथ दिनेछन्। फास्ट बलिङमा अर्शदीप सिंह, आवेश खान र मुकेश कुमारलाई देख्न सकिन्छ । मुकेशले वेस्ट इन्डिज भ्रमणबाट भारतका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए ।

नेपालविरुद्ध भारतको सम्भावित प्लेइङ ११ : ऋतुराज गायकवाड (कप्तान), यशस्वी जैस्वाल, तिलक वर्मा, राहुल त्रिपाठी, प्रभसिमरन सिंह (विकेटकिपर), वाशिंगटन सुन्दर, शिवम दुबे, रवि बिश्नोई, अर्शदीप सिंह, आवेश खान र मुकेश कुमार।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.