लेख विवरण

एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपाल र भारत भिड्ने

एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपाल र भारत भिड्ने

काठमाडौंँ । चीनमा जारी एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपाल र भारत भिड्ने भएका छन् । प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा यी २ देश भिड्न लागेका हुन । भोली हुने खेल नेपाली समय अनुसार बिहान ६ः४५ मा सुरु हुनेछ । समुह चरणको खेलमा मलेसियाले आज थाइल्याण्डलाई १ सय ४९ रनले पराजित गरेपछि नेपालले भारतसँग भिड्ने पक्का भएको हो ।

प्रतियोगिता अन्तर्गत समुह चरणको पहिलो खेलमा नेपालले मंगोलियालाई २ सय ७३ रनले पराजित गरेको थियो । भने दोस्रो खेलमा मालदिभ्सलाई १ सय ३८ रनले पराजित गरेको थियो ।

प्रतियोगिताको क्वाटरफाइनलमा भारत, पाकिस्तान, श्रीलंका र बङलादेशले यसअघिनै छनोट भइसकेका छन् । यी टोलीहरुले टी-२० वरियताका आधारमा क्वाटरफाइनलमा स्थान बनाएका हुन् । नेपाली भारत पहिलो पटक टी-२० अन्तराष्ट्रिय क्रिकेटमा भिड्न लागेका हुन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.