लेख विवरण

भारत र नेदरल्याण्ड्स १२ वर्षपछि आमनेसामने हुँदै

भारत र नेदरल्याण्ड्स १२ वर्षपछि आमनेसामने हुँदै

काठमाडौंँ । भारत र नेदरल्याण्ड्सको टोली करिब १२ वर्षपछि एकदिवसीय खेलमा एकअर्काविरुद्ध मैदानमा उत्रने भएका छन् । एकदिवसीय विश्वकप अभ्यास खेलका क्रममा उनीहरु आमनेसामने हुँदैछन् ।

भारत र नेदरल्यान्ड्सबीच हालसम्म तीन खेल भएका छन् । जसमा दुई एकदिवसीय र एक टी-२० रहेको छ। सन् २००३ फेब्रुअरी मा भारत र नेदरल्याण्ड्सबीच पहिलो एकदिवसीय खेल खेलिएको थियो। उक्त खेल भारतले ६८ रनले जितेको थियो । दोस्रो र अन्तिम एकदिवसीय खेल सन् २०११ मार्चमा खेलिएको थियो। सो खेलमा पनि भारत ५ विकेटले विजयी भएको थियो । अब १२ वर्षपछि दुवै टोली एकदिवसीय खेलमा एकअर्काविरुद्ध मैदानमा उत्रनेछन् ।

भारत र नेदरल्याण्ड्सबीच एक टी–२० खेल पनि खेलिएको छ । सो खेल सन् २०२२ अक्टोबरमा आयोजना भएको थियो। जसमा भारत ५६ रनले विजयी भएको थियो । अहिले सम्मको नतिजा हेर्दा नेदरल्याण्ड्सको टोलीले भारतविरुद्धको खेलमा जित निकाल्न सकेको छैन । टोलीलाई २०२३ को विश्वकपका खेलहरु जित्न पनि सजिलो हुनेछैन ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.