लेख विवरण

एसियाली खेलकुद : महिला कबड्डीको दोस्रो खेलमा नेपाल पराजित

एसियाली खेलकुद : महिला कबड्डीको दोस्रो खेलमा नेपाल पराजित

काठमाडौंँ । हाङझाव एसियाडको महिला कबड्डीमा नेपाल समूह चरणको दोस्रो खेलमा मङलबार पराजित भएको छ ।

चियोसन गुवाली स्पोर्ट्स सेन्टरमा भएको समूह ‘बी’ को आफ्नो दोश्रो तथा अन्तिम लिगमा नेपाल डिफेन्डिङ च्याम्पियन इरानसँग ४३–१९ ले पराजित भयो । नेपाल पहिलो हाफमा १९–११ ले पछि परेको थियो । इरानले दोश्रो हाफमा पनि अग्रता लिने क्रममा २४–८ स्कोर ग¥यो । समूह ‘बी’ मा नेपाल र इरानसहित बंगलादेश गरी ३ राष्ट्र छन् ।

नेपालले समूह चरणको पहिलो खेलमा बंगलादेशलाई ३७–२४ ले हराएको थियो । बुधबार हुने समूह ‘बी’ को अन्तिम लिगमा इरानले बंगलादेश विरुद्ध प्रतिस्पर्धा गर्ने छ । त्यो खेलमा इरान विजयी भए नेपालले एसियाडको महिला कबड्डीतर्फ पहिलो सहभागितामै समूह उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाउने छ । सेमिफाइनल पुगे नेपालले कम्तीमा कांस्य पदक पक्का गर्दै इतिहास रच्ने छ ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.