लेख विवरण

एसियाली खेलकुद : ब्याडमिन्टनमा रसिला प्रिक्वाटरफाइनल प्रवेश

एसियाली खेलकुद : ब्याडमिन्टनमा रसिला प्रिक्वाटरफाइनल प्रवेश

एसियाली खेलकुद अन्तर्गत ब्याडमिन्टनको महिला सिंगल्समा नेपालकी रशिला महर्जन मंगलबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेकी छन् ।

बिन्जियाङ जिम्न्याजियममा भएको प्रतिस्पर्धामा रशिलाले मंगोलियाकी म्यागमार्टसिन गान्बटारलाई २१–४ र २१–७ को सोझो सेटमा पराजित गरिन् । खेल १५ मिनेट चलेको थियो ।

यो स्पर्धासहित मंगलबार नेपालले चार स्पर्धामा प्रतिस्पर्धा गरेको थियो । बाँकी ३ मा भने नेपाल पराजित भयो ।

महिला सिंगल्समै थाइल्यान्डकी पोर्नपावीले नेपालकी अनुमाया राईलाई सीधा सेटमा २१–१० र २१–४ ले हराइन् ।

महिला डबल्समा चाइनिज ताइपेईंका चिङ या सु र चिन वान लिनको जोडीले नेपालका निता लम्साल र नङशल तामाङको जोडीलाई २१–१ र २१–५ तथा इन्डोनेसियाका द्विपुजी कुसुमा फेब्रियन र काहाया प्रतिवी अमालियाको जोडीले नेपालका रशिला महर्जन र अनुमाया राईको जोडीलाई २१–३ र २१–७ को सोझो सेटमा पाखा लगाए ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.