एकदिवसीय विश्वकप २०२३ मा खेल परिवर्तन गर्न सक्ने पाँच बलरहरु
काठमाडौंँ । सन् २०२३ को एकदिवसीय विश्वकप भारतमा आयोजना हुँदैछ । अक्टोबर ५ बाट सुरुहुने प्रतियोगितामा यसपटक सबैको ध्यान स्पिनसँगै तीव्र गतिका बलरमाथि पनि हुनेछ । विश्वकपमा यस्ता तिब्र गतिका बलरहरु छन्, जो पहिलो पटक प्रतियोगितामा सहभागि हुनेछन् । तर आज हामी तपाईंलाई पाँच यस्ता बलरको बारेमा बताउनेछौं, जसले विश्वकपमा खेललाई परिवर्तन गर्न सक्ने क्षमता राख्छन् । यी बलरहरु सन् २०१९ को विश्वकपमा पनि सहभागि भएका थिए ।
मिचेल स्टार्क : अस्ट्रेलियाका मिचेल स्टार्कले सन् २०१९ को एकदिवसीय विश्वकपमा सर्वाधिक २७ विकेट लिएका थिए । उनी यस्ता बलर हुन् जसले नयाँ बलबाट सिधा हात खेल्ने ब्याट्सम्यानलाई इन्स्विङ मार्फत डिस्टर्ब गर्छन् र बल पुरानो भएपछि रिभर्स स्विङबाट ब्याट्सम्यानलाई समस्या सिर्जना गर्ने गर्छन् ।
कगीसो रबाडा : दक्षिण अफ्रिकाका तीव्र गति बलर कागिसो रबाड आफ्नो तीव्र गति र सटीकताका लागि चिनिन्छन् । रबाडाले नयाँ बलबाट कुनै पनि ब्याट्सम्यानका लागि समस्या सिर्जना गर्न सक्छन् । रबाडा यसपटक अफ्रिकाको मुख्य हतियार साबित हुन सक्छन् ।
ट्रेन्ट बोल्ट : न्युजिल्यान्डका बायाँ हाते तीव्र गतिका बलर ट्रेन्ट बोल्ट नयाँ बलका साथ दायाँ हाते ब्याटस्म्यानका लागि काल साबित हुन सक्छन् । यस पटकको विश्वकपमा उनले नयाँ बलबाट ब्याट्सम्यानका लागि समस्या सिर्जना गर्ने लगभग निश्चित छ । सन् २०१९ को विश्वकपमा बोल्टले १० खेलमा १७ विकेट लिएका थिए ।
जसप्रीत बुमराह : जसप्रित बुमराह विश्वकपमा भारतका मुख्य तीव्र गतिका बलर हुनेछन् । केही समयअघि चोटबाट फर्केका बुमराह अहिलेसम्म राम्रो लयमा देखिएका छन् । सन् २०१९ को विश्वकपमा बुमराहले ९ खेलमा १८ विकेट लिएका थिए ।
शाहीन शाह अफरीदी : पाकिस्तानका बायाँ हाते तीव्र गतिका बलर शाहीन शाह अफ्रिदीले नयाँ बलबाट आफ्नो फुल लेन्थले कुनै पनि ब्याट्सम्यानलाई डिस्टर्ब गरेर पवेलियनको बाटो देखाउन सक्छन् । शाहीनले सन् २०१९ को विश्वकपमा ५ खेलमा १४.६२ को औसतमा १६ विकेट लिएका थिए ।

टिप्पणी लेख्नुहोस्