लेख विवरण

नेपालमा बुधबारबाट टि-२० ह्विलचियर क्रिकेट एसिया कप हुँदै

नेपालमा बुधबारबाट टि-२० ह्विलचियर क्रिकेट एसिया कप हुँदै

काठमाडौँ । नेपालमा बुधबार (भोली)बाट दोस्रो टि २० ह्विलचियर क्रिकेट एसिया कप आयोजना हुँदैछ । यो प्रतियोगिताको पहिलो संस्करण सन् २०१९ मा नेपालले नै आयोजना गरेको थियो ।

त्यपसछि दोस्रो संस्करण आयोजनाको जिम्मेवारी पाकिस्तानलाई दिइएको थियो । तर भारतले राजनीतिक तनावका कारण पाकिस्तानमा खेल्न नमानेपछि नेपालले प्रतियोगिता आयोजना गर्ने अवसर पाएको हो ।

काठमाडौँको मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगितामा आयोजक पाकिस्तान, सहआयोजक नेपालसहित भारत, श्रीलङ्का र बङ्गलादेशको सहभागिता रहनेछ । प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टिम नेपालले श्रीलङ्काको सामना गर्नेछ ।

नेपाली टोलीका कप्तान हिमाल अर्यालले प्रतियोगिताको पूर्वसन्ध्यामा उपाधि जित्ने लक्ष्यसहित खेल्ने बताए । घरेलु मैदानमा खेल्ने भएकोले पनि नेपालको प्रदर्शन राम्रो हुने उनको भनाइ छ ।

हालै भारतको गुजरातमा आयोजक भारत, श्रीलङ्का र बङ्गलादेश सहभागी प्रतियोगितामा नेपालले राम्रो प्रदर्शन गरेको थियो ।

यसैगरी श्रीङ्काका म्यानेजर मन्जुश्री राजपाक्क्षेले पहिलो पटक ह्विलचियर क्रिकेट एसिया कप खेल्न लागेको र नेपालविरुद्धको खेल जितेर विजयी सुरुआत गर्ने प्रयास गर्ने बताए । प्रतियोगिता असोज २२ गतेसम्म हुनेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.