लेख विवरण

एसियाली खेलकुद : पुरुष क्रिकेटमा अफगानीस्तानले श्रीलंकालाई हरायो

एसियाली खेलकुद : पुरुष क्रिकेटमा अफगानीस्तानले श्रीलंकालाई हरायो

काठमाडौंँ । चीनको हाङझाउमा जारी एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा अफगानीस्तानले श्रीलंकालाई ८ रनले पराजित गरेको छ । प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेलमा श्रीलंका पराजित भएको हो । पिङफेङ क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको अफगानीस्तानले १८.३ ओभरमा अलआउट हुँदै ११६ रन बनाएको थियो । लक्ष्य पछ्याएको श्रीलंकन टोली १९.१ ओभरमा १०८ रन बनाउदै अलआउट भयो । अफगानीस्तानका लागि गुलबदिन नायब र कैस अहमदले ३-३ विकेट लिए । शराफुद्दीन अशरफ, जाहिर खान र करिम जनातले समान १-१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको अफगानीस्तानका लागि नूर अली जद्रानले ५१ रनको अर्धसतकीय पारी खेलेका थिए । ५२ बलको सामना गर्ने क्रममा उनले ६ चौंका र १ छक्का प्रहार गरेका थिए । शहिदुल्लाह (२३) र मोहम्मद शहजादले (२०) रन बनाएका थिए । श्रीलंकाका लागि बलिङमा नुवान तुषारा (४), सहान अरचिगे (२) तथा लाहिरु समाराकून र विजयकान्त व्यास्कान्तले १-१ विकेट लिएका थिए ।

हारसँगै श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ भने, सेमिफाइनलमा पुगेको अफगानीस्तानले शुक्रवार पाकिस्तानको समाना गर्नेछ । प्रतियोगिता अन्तर्गत पहिलो क्वाटरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित भएको थियो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.