लेख विवरण

एसियाली खेलकुद : पुरुष क्रिकेटमा मलेसिया बङलादेशसँग २ रनले पराजित

एसियाली खेलकुद : पुरुष क्रिकेटमा मलेसिया बङलादेशसँग २ रनले पराजित

काठमाडौंँ । चीनको हाङझाउमा जारी एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा मलेसिया बङलादेशसँग २ रनले पराजित भएको छ । पिङफेङ क्रिकेट मैदानमा ११७ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ८ विकेट गुमाउदै ११४ रन मात्र बनायो । मलेसियाका लागि विरनदीप सिंहले अर्धसतकीय पारी खेलेपनि टोलीलाई हारबाट जोगाउन सकेनन् । उनले ३९ बलमा ३ चौंका र ४ छक्काको मद्दतमा ५२ रन बनाए ।

बङलादेशका लागि रिपन मोण्डोल र अफिफ हुसेनले ३-३ विकेट लिए । रकिबुल हसन र रिशाद हुसेनले समान १-१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको बङलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ११६ रन बनाएको थियो । टोलीका लागि कप्तान सैफ हसनले अर्धसतकीय पारी खेले । ५२ बलको समाना गर्ने क्रममा हसनले १ चौंका र ३ छक्का प्रहार गरे । अफिफ हुसेन (२३), शहादत हुसेन (२१) र जाकेर अलीले अविजित १४ रन बनाए ।

बलिङमा मलेसियाका लागि पवनदीप सिंहले विकेट लिँदा विजय उन्नी र अनवर रहमानले समान १-१ विकेट लिए ।

जितसँगै सेमिफाइनलमा स्थान बनाएको बङलादेशले शुक्रवार भारतको सामना गर्नेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.