लेख विवरण

तेन्दुलकर एकदिवसीय विश्वकपको ग्लोबल ब्रान्ड एम्बेसडरमा नियुक्त

तेन्दुलकर एकदिवसीय विश्वकपको ग्लोबल ब्रान्ड एम्बेसडरमा नियुक्त

काठमाडौंँ । सचिन तेन्दुलकरलाई एकदिवसीय विश्वकपको ग्लोबल ब्रान्ड एम्बेसडर बनाइएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मंगलबार उनलाई यो सम्मान प्रदान गरेको हो । विश्वकप आगामी अक्टोबर ५ देखि अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा सुरु हुनेछ ।तेन्दुलकर यहाँ ट्रफी लिएर आउनेछन् । त्यसपछि विश्वकप सुरु हुनेछ ।

प्रतियोगिताको पहिलो खेल इंग्ल्याण्ड र न्युजिल्याण्डबीच हुनेछ । दुवै टोली सन् २०१९ को विश्वकप फाइनलमा पुगेका थिए ।

ग्लोबल ब्रान्ड एम्बेसडर बनेपछि सचिनले भने, "विश्वकपका लागि मेरो हृदयमा विशेष स्थान छ । सन् १९८७ मा बल ब्वाय बनेपछि ६ पटक देशको प्रतिनिधित्व गर्नु र सन् २०११ को विश्वकप जित्नु मेरो लागि सबैभन्दा गर्वको क्षण थियो । भारतमा जारी विश्वकपमा यति धेरै टिम र खेलाडीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् । म यो प्रतियोगितालाई लिएर उत्साहित छु । मलाई आशा छ कि यो संस्करणले बालबालिकालाई खेलकुदमा आउन र देशको प्रतिनिधित्व गर्न प्रेरित गर्नेछ।"

आइसिसीले भिभियन रिचर्ड्स, एबी डिभिलियर्स, इयोन मोर्गन, आरोन फिन्च, मुथैया मुरलीधरन, रोस टेलर, सुरेश रैना, मिताली राज र मोहम्मद हफीजलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ ।

तेन्दुलकर ६ ओडीआई विश्वकपमा भारतीय टोलीको हिस्सा थिए। उनले सन् १९९२ देखि २०११ सम्म विश्वकपमा ४५ खेल खेलेका थिए । यी खेलमा तेन्दुलकरले ५६.९५ को औसतमा २ हजार २ सय ७८ रन बनाएका थिए । जसमा ६ शतक र १५ अर्धशतक समावेश छन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.