लेख विवरण

एसियाली खेलकुद : एथलेटिक्समा नेपालको चुनौती समाप्त

एसियाली खेलकुद : एथलेटिक्समा नेपालको चुनौती समाप्त

काठमाडौँ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्समा नेपाललको चुनौती समाप्त भएको छ ।

एथलेटिक्सको म्याराथनमा नेपालबाट समान १–१ पुरुष/महिला खेलाडीले आज प्रतिस्पर्धा गरेका थिए । योसँगै एथलेटिक्समा नेपालको चुनौती समाप्त भएको हो ।

नेपालबाट पुरुषमा राजन रोकाया र महिलामा पुष्प भण्डारी दौडेका थिए । पुरुषमा राजन समग्रमा १४औँ स्थानमा रहे । उनले निर्धारित दूरी पूरा गर्न दुई घण्टा २३ मिनेट १७ सेकेन्ड समय खर्चे । १८ खेलाडी सहभागी भएकोमा साउदी अरबीया र किर्गिस्तानका खेलाडीले दौड पूरा गरेनन् । चीनका जि हेले दुई घण्टा १३ मिनेट ०२ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण जितेका हुन् ।

त्यस्तै महिलामा पुष्पाले निर्धारित दूरी तीन घण्टा ०२ मिनेट ३७ सेकेन्डमा सकाइन् । १७ खेलाडी सहभागी दौडमा पुष्पाले १६औँ स्थानमा दौड टुङ्गाइन् । बहराइनकी जिसा मोकानिन् डेसीले दौड पूरा गर्न सकिनन् ।

बहराइनकै पाउल छुम्बा युनिस छेबिचीले पहिलो स्थान हात पारिन् । उनले निर्धारित दुरी दुई घण्टा २६ मिनेट १४ सेकेन्डको समय खर्चँदै स्वर्ण जितेकी हुन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.