लेख विवरण

एसियाली खेलकुद : करातेमा नेपाली खेलाडी पराजित

एसियाली खेलकुद : करातेमा नेपाली खेलाडी पराजित

काठमाडौंँ । एसियाली खेलकुद अन्तर्गत करातेको पहिलो दिन बिहीबार नेपालका ३ खेलाडीले प्रतिस्पर्धा गरे । तीनै खेलाडी पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका छन् ।

लिन्पिङ स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको पुरुष ७५ केजीमुनि नेपालका शेखु मोहम्मद आलम काजाकिस्तानका खेलाडीसंग पराजित भए । काजाकिस्तानका नुरकान्त अझिकानोभले शेखुलाई ५–० ले पराजित गरे । रिपेचेजको पहिलो बाउटमा बाइ पाएका शेखु रिपेचेजकै अर्को बाउटमा भने किर्गिस्तानका नजिम नुर्लानोभसंग २–० ले चुके ।

एकल काताको पुरुषमा स्वर्णनिम मानन्धर तथा महिलामा एलिसा मागर रास्कोटी पनि अगाडि बढ्न सकेनन् । स्वर्णिमले ३८.३० तथा एलिसाले ३७.३० अंक जोडे ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.