लेख विवरण

एसियाली खेलकुद : कुस्तीमा नेपालका यादव र चुनारा पराजित

एसियाली खेलकुद : कुस्तीमा नेपालका यादव र चुनारा पराजित

काठमाडौंँ । हाङझाउस्थित लिनान स्पोर्ट्स एन्ड कल्चर एक्जिबिसन सेन्टरमा शनिबार भएको कुस्तीमा नेपालका राज यादव र सुरेश चुनारा पहिलो खेलमै पराजित भएका छन् ।

पुरुष फ्रिस्टाइल ८१ केजी तौल समूहको प्रिक्वाटरफाइनलमा राज कम्बोडियाका बाली सोउसँग १०–० ले पराजित भए ।

पुरुष ७४ केजी फ्रिस्टाइलको प्रिक्वाटरफाइनलमा सुरेश चुनारा तुर्कमिनेस्तानका परमान होम्मादोभसँग ११–० ले पछि परे ।

महिलातर्फ शिवाङ्गी दुवे र सुशिला चन्द पहिलो खेलमै पराजित भएका थिए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.