एसियाली खेलकुद : क्यानोइङमा नेपालका गणेश गुरुङ आठौँ भए
काठमाडौंँ । एसियाली खेलकुद अन्तर्गत नेपालका गणेश गुरुङ क्यानोइङमा शनिबार आठौँ भएका छन् ।
फुयाङ वाटर स्पोर्ट्स सेन्टरमा भएको फाइनल चरणमा प्रवेश गरेका गशेण फाइनलमा पुगेका १० खेलाडी मध्ये गणेश आठौ भएका हुन् ।
शनिबार नै भएको सेमिफाइनल चरणको खेलमा गणेश शीर्ष १० मा रहँदै फाइनल चरणमा पुगेका थिए ।
क्यानोइङमा चीनका क्वान सिनले स्वर्ण, जापानका तानाका युकीले रजत र चाइनेज ताइपेइका उ साओले हसुनले कांस्य जिते । क्यानोइङमा १६ खेलाडीले भाग लिएका थिए ।

टिप्पणी लेख्नुहोस्