लेख विवरण

अफगानिस्तानका भूकम्प पीडितलाई सहयोग गर्ने राशिद खानको निर्णय, विश्वकपको सम्पूर्ण म्याच फी दान दिने

अफगानिस्तानका भूकम्प पीडितलाई सहयोग गर्ने राशिद खानको निर्णय, विश्वकपको सम्पूर्ण म्याच फी दान दिने

काठमाडौंँ । अफगानिस्तानका स्पिन बलर राशिद खान विश्वका चर्चित र उत्कृष्ट बलर हुन् । उनी जति राम्रा बलर हुन्, त्यति नै राम्रो मानिस पनि हुन् । उनी अक्सर आफ्नो असल स्वभावले यसको प्रमाण दिन्छन्, तर आज उनले यसको अर्को प्रमाण दिएका छन् । रसिद खानले विश्वकपमा पाएको आफ्नो सम्पूर्ण म्याच फि दान गर्ने घोषणा गरेका छन् । उनले आफ्नो रकम अफगानिस्तानको भूकम्पबाट प्रभावित मानिसहरुको सहयोगका लागि दान गरेका छन् ।

राशिद खानले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमार्फत यसको घोषणा गरेका हुन् । "अफगानिस्तानको पश्चिमी प्रान्त (हेरात, फराह र बडघिस) मा गएको भूकम्पको दुःखद परिणामबारे सुनेर म अत्यन्त दुःखी छु। म सन् २०२३ को क्रिकेट विश्वकपको सम्पूर्ण म्याच फि भूकम्प पीडितलाई सहयोग गर्न सहयोग गर्दैछु । हामी चाँडै नै एक फन्ड रेसिङ अभियान सुरु गर्नेछौं जसमार्फत हामी पीडितहरूलाई मद्दत गर्न सक्नेहरूबाट मद्दत लिनेछौं।"

शनिबार अफगानिस्तानमा ठुलो भूकम्प गएको थियो, जसले चारैतिर कहर मच्चाएको थियो । अफगानिस्तानको तालिवान सरकारका अनुसार यस भूकम्पबाट दुई हजारभन्दा बढी को मृत्यु भएको छ, नौ हजारभन्दा बढी घाइते भएका छन् भने एक हजार ३०० भन्दा बढी घर ध्वस्त भएका छन् । अफगानिस्तानमा यस भूकम्पबाट मृत्यु हुने र घाइते हुनेको संख्या निरन्तर बढिरहेको छ । अफगानिस्तानका सुपरस्टार राशिद खान हाल भारतमा आइसिसी एकदिवसीय क्रिकेट विश्वकप खेलिरहेका छन्, तर उनी आफ्ना देशवासीका लागि निकै चिन्तित छन्, त्यसैले उनले विश्वकपबाट आफ्नो सम्पूर्ण म्याच फी दान गर्ने निर्णय गरेका छन् ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.