लेख विवरण

एकदिवसीय विश्वकप : भारतविरुद्ध अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्दै

एकदिवसीय विश्वकप : भारतविरुद्ध अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्दै

काठमाडौंँ । विश्वकप २०२३ मा आज भारत र अष्ट्रेलिया आमनेसामने हुँदैछन् । खेल चेन्नईको चेपकस्थित एमए चिदम्बरम स्टेडियममा भइरहेको छ । अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले टस जितेर पहिले ब्याटिङ रोजेका छन् ।

अस्ट्रेलियाको टोलीमा ट्राभिड हेड र मार्कस स्टोइनिस छैनन् । स्टोइनिस चोटबाट पूर्ण रुपमा निको हुन नसकेका कारण यस खेलबाट बाहिरिएका छन् । तर, ट्राभिस हेड अहिलेसम्म भारत पुग्न सकेका छैनन् ।

दुवै टोलीको प्लेइङ – ११

भारत : रोहित शर्मा (कप्तान), इशान किशन, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल ,हार्दिक पांड्या, रविन्द्र जडेजा, रविन्द्र जडेजा, कुलदीप यादव, जसप्रीत बुमराह र मोहम्मद सिराज ।

अस्ट्रेलिया : डेविड वार्नर, मिचेल मार्श, स्टीव स्मिथ, मार्नस लाबुशेन, कैमरून ग्रीन, एलेक्स कैरी, ग्लेन मैक्सवेल, मिशेल स्टार्क, पैट कमिंस (कप्तान), जोश हेजलवुड र एडम जाम्पा।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.