लेख विवरण

हेटौंडा उपमहानगरपालिका टी-२० कपमा नारायणी कलेज विजयी

हेटौंडा उपमहानगरपालिका टी-२० कपमा नारायणी कलेज विजयी

हेटौंडा । हेटौंडा उपमहानगरपालिका टी-२० कप क्रिकेट प्रतियोगितामा नारायणी कलेज विजयी भएको छ । हेटौंडाको हुप्रा चौरमा जारी प्रतियोगिता अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा नारायणीले कमाने क्रिकेट क्लबलाई ४३ रनले पराजित गरेको हो ।

नारायणीले दिएको १५७ रनको लक्ष्य पछ्याउने क्रममा कमानेले २० ओभरमा ९ विकेट गुमाउदै ११३ रन मात्र बनायो । टोलीका लागि रमेश लुइटेलल (४९) र संजय थापा मगरले २१ रन बनाए । बलिङमा नारायणीका लागि जिशान अंसारी र इमरान अकमलले समान ३-३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको नारायणीका लागि सुबेन्द्र पासवानले अर्धसतक प्रहार गर्दै सर्वाधिक ५७ रन बनाए । सन्देश पोखरेल (२७) र जिशान अंसारीले (२६) रन बनाए । बलिङमा कमानेका लागि सुरज भट्टराई र समीर थापाले समान २-२ विकेट लिए । खेलको प्लेयर अफ द म्याच नारायणी कलेजका सुबेन्द्र पासवान भए ।

प्रतियोगिता अन्तर्गत आज हुने भनिएको एमसीसी र ओमनगरबीचको दोस्रो खेलमा मौसम बाधक बनेपछि रिजर्भ डे मा सारिएको छ ।

मकवानपुर जिल्ला क्रिकेट संघको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा बुधबारबाट जारी प्रतियोगितामा ६ वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगिता विजेता टोलीले नगद १ लाख र उपविजेताले नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.