लेख विवरण

उपत्यकाब्यापी कराते प्रतियोगिताको उपाधि लुभूलाई

उपत्यकाब्यापी कराते प्रतियोगिताको उपाधि लुभूलाई

काठमाडौंँ । लुभू डोजोले चौंथो उपत्यकाब्यापी कराते प्रतियोगिताको उपाधि जितेको छ । विद्या आर्जन शाखा डोजोको आयोजनामा भएको प्रतियोगिताको उपाधी लुभुले १० स्वर्ण, २ रजत र ३ कांस्यसहित समग्रमा टिम च्याम्पियन बनेको हो ।

मध्यपुर थिमीको नगदेश डोजोले २ स्वर्ण, ४ रजत र ४ कांस्यसाथ दोस्रो तथा काभ्रे डोजो २ स्वर्ण, ३ रजत र ५ कांस्य पदकसाथ तेश्रो भयो ।

प्रतियोगितामा भक्तपुर, काठमाडौं ,ललितपुर र काभ्रे जिल्लाबाट १७ डोजोका ३ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए । महिला तर्फ २० केजी देखि ५५ केजी र खुल्ला र पुरुष तर्फ २० केजी देखि ६० केजी सम्म र खुल्ला तौलसमूहमा प्रतिस्पर्धा भएको प्रतियोगिता संयोजक सूर्य लामाले जनाएका छन् । महिला पुरुष दुवैको एकल कातामा पनि खेल भएको थियो ।

त्यस्तै उमेरसमूह अन्तर्गत प्यारागन डोजोले ६ स्वर्ण सहित पहिलो हुँदै जुनियर तर्फ उपाधी हाँसिल गरेको छ । डोजोले ६ स्वर्ण, १ रजत र ४ कास्य पदक हाँसिल गरेको थियो । २ स्वर्ण, ३ रजत र ११ कांस्य सहित आयोजक विद्या आर्जन डोजो दोस्रो हुन सफल भएको थियो भने १ स्वर्ण २ रजत र २ कास्य सहित डेमस स्कुल डोजो तेस्रो भएको थियो ।

उमेरसमूह अन्तर्गत १० वर्षका विद्या आर्जन स्कुलका सुलभ भुजेल उत्कृष्ठ खेलाडी भएका थिए । उमेर समूह अन्तर्गत ७ वर्ष देखि १२ सम्मका महिला पुरुष खेलाडीले सहभागिता जनाएका थिए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.