त्रिकोणात्मक टी–२० सिरिज : नेपालले तेस्रो विकेट गुमायो
काठमाडौंँ । नेपाल, संयुक्त अरब इमिरेट्स (युएई) र हङकङ सहभागी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजअन्तर्गत आज नेपालले पहिलो खेल खेल्दै छ । काठमाडौँको माथिल्लो मूलपानी क्रिकेट मैदानमा नेपालले पहिलो खेल युएईसित खेल्दै छ । टस हारेर ब्याटिङ गरेको युएईले नेपाललाई जितका लागि १ सय ४१ रनको लक्ष्य दिएको छ ।
१ सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले ८.५ ओभरमा ५१ रन बनाउदै तेस्रो विकेट गुमाएको छ । टोलीका ओपनर आशिफ शेख २३ रन बनाएर आउट भएका छन् । उनलाई अली नसीरले कप्तान मुहम्मद वासीमको हातबाट क्याच आउट गराए । यसअघि नेपालका लागि अर्का ओपनर कुशल भुर्तेल १४ र कुशल मल्ल ११ रन बनाएर आउट भएका थिए ।
पहिले ब्याटिङ गर्ने क्रममा युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १ सय ४० रन बनायो । टोलीका लागि बासिल हमिदले अर्धसतकीय पारी खेल्दै ३८ बलमा ५१ रन बनाए । त्यस्तै अल नासीर (३२), कप्तान मुहम्मद वासीम (१७) र असिफ खानले (१५) रन बनाए । बलिङमा नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए । त्यस्तै गुलशन झाले २ तथा सोमपाल कामी र अविनाश बोहराले समान १-१ विकेट लिए ।

टिप्पणी लेख्नुहोस्