लेख विवरण

त्रिकोणात्मक टी–२० सिरिजमा नेपाललाई १ सय ४१ रनको लक्ष्य

त्रिकोणात्मक टी–२० सिरिजमा नेपाललाई १ सय ४१ रनको लक्ष्य

काठमाडौंँ । नेपाल, संयुक्त अरब इमिरेट्स (युएई) र हङकङ सहभागी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजअन्तर्गत आज नेपालले पहिलो खेल खेल्दै छ । काठमाडौँको माथिल्लो मूलपानी क्रिकेट मैदानमा नेपालले पहिलो खेल युएईसित खेल्दै छ । टस हारेर ब्याटिङ गरेको युएईले नेपाललाई जितका लागि १ सय ४१ रनको लक्ष्य दिएको छ ।

पहिले ब्याटिङ गर्ने क्रममा युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १ सय ४० रन बनायो । टोलीका लागि बासिल हमिदले अर्धसतकीय पारी खेल्दै ३८ बलमा ५१ रन बनाए । त्यस्तै अल नासीर (३२), कप्तान मुहम्मद वासीम (१७) र असिफ खानले (१५) रन बनाए ।

बलिङमा नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए । त्यस्तै गुलशन झाले २ तथा सोमपाल कामी र अविनाश बोहराले समान १(१ विकेट लिए ।

१ सय ४१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले अहिले ब्याटिङ गरिरहेको छ ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.