लेख विवरण

बिली जिन किङ कपमा नेपाल पराजित

बिली जिन किङ कपमा नेपाल पराजित

काठमाडौंँ । नेपाली महिला टेनिस टोली बिली जिन किङ कपअन्तर्गत एसिया/ओसिएना ग्रुप ३ को प्रतियोगितामा शुक्रबार पराजित भएको छ । समूह ‘सी’ को अन्तिम खेलमा नेपाल कतारसंग २–१ ले पराजित भयो । यसअघि समूह चरणको पहिलो र दोश्रो खेलमा नेपालले क्रमशः ताजकिस्तान र ब्रुनइलाई समान ३–० को नतिजामा हराएको थियो ।

पहिलो सिंगल्समा नेपालकी माहिका राणाले अल मुदाखा हिन्दलाई ६–०, ६–७ ९४० र ६–३ को सेटमा पराजित गर्दै नेपाललाई १–० को अग्रता दिलाइन् । दोश्रो सिंगल्समा कतारकी अल नाइमी मुबारकाले अभिलाषा विष्टलाई ७–५ र ६–२ ले हराउदै खेललाई १–१ को बराबरीमा पु¥याएकी थिइन् ।

निर्णायक डबल्समा कतारका अल नाइमी र गसामा खदिजाको जोडीले अभिलाषा र माहिकाको जोडीलाई ६–० र ६–४ को सोझो सेटमा पाखा लगाउदै खेल २–१ ले जिते ।

नेपालले शनिबार पाँचौं देखि छैटौं स्थानका लागि भियतनामसंग खेल्ने नेपाल टेनिस संघका सदस्य अजय विष्टले जनाएका छन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.