लेख विवरण

वादोरियो टोलीलाई प्रधामन्त्रीको बधाइ

वादोरियो टोलीलाई प्रधामन्त्रीको बधाइ

काठमाडौंँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल वादोरियो कराते डो संघको तेस्रो महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरु शुक्रबार बालुवाटारमा भेट गरी बधाइ दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पदाधिकारीलाई बधाई दिदै सफल कार्यकालको शुभकामना दिएका थिए । नव निर्वाचित पदाधिकारीहरुमा अध्यक्ष हरिशरण के सी, वरिष्ठ उपाध्यक्ष तेजेन्द्र गुरुङ, उपाध्यक्ष यादवलाल श्रेष्ठ, उपाध्यक्ष दिपेन्द्र बिष्ट, उपाध्यक्ष पुरुषोत्तम भण्डारी, उपाध्यक्ष सरितादेवी शर्मा, महासचिव प्रतीक्षा श्रेष्ठ, कोषाध्यक्ष पुरुषोत्तम पोखरेल सदस्यहरु सिमोन खत्री, राजु अधिकारी, लक्ष्मणराज बराल, बिनोद कार्की, लक्ष्मी शर्मा रिजाल, ऋष्मा पोखरेल, निश्चल हिराचन, सुजन रिमाल र राजकुमार कार्की रहेका छन् ।

सोही अवसरमा अमेरिकाको फ्लोरिडामा भएको युएस ओपन वर्ल्ड मार्सल आर्टस च्याम्पियनसिपको सिनियर पुरुष एकल काताका स्वर्ण विजेता सुमन तिम्सिनालाई प्रधानमन्त्री दाहालले सफलताका लागि बधाइ दिएका थिए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.