लेख विवरण

पूर्व स्पिनर बिशन सिंह बेदीको निधन

पूर्व स्पिनर बिशन सिंह बेदीको निधन

काठमाडौंँ । पूर्व भारतीय स्पिनर बिशन सिंह बेदीको ७७ वर्षको उमेरमा निधन भएको छ । उनको गत महिना मात्रै घुँडाको शल्यक्रिया गरिएको थियो ।

बेदीलाई क्रिकेट इतिहासमा सबैभन्दा महानतम बायाँ हाते स्पिनर मानिन्छ। उनले सन् १९६७ देखि १९७९ सम्म ६७ टेस्ट र १० एकदिवसीय खेलमा भारतको प्रतिनिधित्व गरेका थिए। २६६ विकेट लिएर उनी सन्यासको समयमा भारतका सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए।

उत्कृष्ट स्पिनर हुनुका साथै बेदी उत्कृष्ट कप्तान पनि थिए। उनको नेतृत्वमा भारतले सन् १९७६ मा वेस्ट इन्डिजविरुद्धको टेस्टमा कीर्तिमानी ४०० रनको लक्ष्य पछ्याएको थियो। सन् १९७७/७८ मा बेदीको कप्तानीमा भारतले अस्ट्रेलियाविरुद्धको टेस्ट शृङ्खलामा दुई खेल जितेको थियो।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.