लेख विवरण

एसियाली पारा खेलकुद : पौडीमा नेपालका भीमबहादुर कुमाल छैटौं स्थानमा

एसियाली पारा खेलकुद : पौडीमा नेपालका भीमबहादुर कुमाल छैटौं स्थानमा

काठमाडौं । एसियाली पारा खेलकुद अन्तर्गत पौडीको एस ९ क्याटगोरीको ५० मिटर फ्रिस्टायलको आफ्नो तेश्रो हिटमा नेपालका भीमबहादुर कुमाल बुधबार अन्तिम छैटौं स्थानमा रहे । उनले निर्धारित दूरी तय गर्न ३५.४९ सेकेन्ड समय खर्चे ।

एचओसी एक्वेटिक स्पोर्ट्स एरिनामा भएको उक्त स्पर्धामा तीन हिट भएको थियो । तीनै हिटको नतिजा सार्वजनिक हुँदा भीम समग्रमा १६ औं स्थानमा रहँदै फाइनललाई छनोट हुन सकेनन् । अन्तिम स्थानमा रहेका बंगलादेशका रहमान नफियुर खन्दाकर १७ औं भए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.