लेख विवरण

एसियाली पारा खेलकुद : एथलेटिक्समा नेपालका साङबु भोटे सातौं स्थानमा

एसियाली पारा खेलकुद : एथलेटिक्समा नेपालका साङबु भोटे सातौं स्थानमा

काठमाडौं । एसियाली पारा खेलकुद अन्तर्गत एथलेटिक्सको पुरुष टी– ४७ क्याटगोरीको १ सय मिटर दौडको आफ्नो हिटमा नेपालका साङबु भोटे बुधबार सातौं भएका छन् । उनले निर्धारित दूरी १६.५७ सेकेन्डमा पूरा गरे । उनको हिटमा सातै खेलाडी सहभागी थिए ।

एचएससी रंगशालामा भएको उक्त स्पर्धाको दुई हिटमा जम्मा १४ खेलाडी सहभागी थिए । साङबु समग्रमा १३ औं भए । उक्त नतिजासंगै साङबु फाइनल चरणलाई छनोट भएनन् । हिटमा भारतका दिलिप महादु गाभिट ‘डिस्क्वालिफाइ’ भए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.