पथरीशनिश्चरे प्रिमियर लिग : उद्घाटन खेलमा रोयलले सात बाघलाई हरायो
उर्लाबारी । पथरीशनिश्चरे प्रिमियर क्रिकेट लिगको उद्घाटन खेलमा रोयल किंगले सात बाघलाई ३४ रनले पराजित गरेको छ । मोरङको पथरीशनिश्चरेमा टस हारेर ब्याटिङ गरेको रोयलले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३५ रन जोडेको थियोे ।
रोयलका लागि शिवन यादवले नटआउट रहँदै ३७ रनको योगदान दिए । त्यस्तै, महेश बस्नेत २७, सञ्जय प्याक्रा १७ र अर्जुन बस्नेतले १४ रनको योगदान दिए ।
सातबाघका फिर्दोस अन्सारीले चार र आश्विन महतले तीन विकेट लिए । १३५ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफि ब्याटिङ गरेको सातबाघ १७ ओभर ५ बल खेल्दै १०० रनमा समेटियो । सातबाघका लागि फिर्दोस अन्सारीले २६ रन जोडे भने आश्विन महतले २५ रनको योगदान दिए । रोयल किंगका शिवम यादव, राज बस्नेत, दिवस राजवंशी र सुवास भण्डारीले समान दुई-दुई विकेट लिए ।
खेलको प्लेयर अफ द म्याच रोेयलका शिवन यादव भए । शनिबार हुने पहिलो खेल वीरेन्द्रनगर स्टिल टाइगर र गोर्खा लिजेन्ड बीच तथा दोस्रो आइतबारे अस्त्र र रोयल किंगबीच हुनेछ ।
सात टोली सहभागी प्रतियोगिताका विजेताले एक लाख ३१ हजार १११ रुपियाँ र उप विजेताले ७१ हजार १११ रुपियाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

टिप्पणी लेख्नुहोस्