यूएई दशैं कपको उपाधि रोयल गोर्खालाई
दुबई । नेपालीहरुको महान पर्व विजया दशमीको अवसर पारेर यूथ सपोटिङ्ग फूटबल क्लबले आयोजना गरेको ‘पिआर तेस्रो दसैँ कप( २०२३’को उपाधी रोयल गोर्खा फुटबल क्लबले जितेको छ ।
सन् २०१९ मा स्थापना भएको युथ स्पोर्टिङले आयोजना गर्ने दसैँ कपको यो तेस्रो संस्करण हो। प्रतियोगिता यस पटक दुबईको ‘डल्सको स्पोर्ट्स कम्प्लेक्स’मा संचालन भएको थियो ।
प्रतियोगितामा लालिगुराँस फूटबल क्लब उपविजेता बनेको छ । खेलमा अनुशासित टोलीको उपाधी यूनाईटेड यूथ क्लबले हात पारेको छ ।
प्रतियोगिताको फाईनल खेलमा रोयल गोर्खाले लालिगुराँस फूटबल क्लबलाई १(० गोलको अन्तरमा पराजित गरेको हो । प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको थियो । विजेताले ट्रफी र प्रमाणपत्रसँगै ४ हजार २ सय दिराम र उपविजेताले २ हजार ८ सय दिराम (नेपाली रुपैयाँ करिब डेढ लाख र एक लाख) पुरस्कार पाएको छ।
यसैगरि प्रतियोगितामा रोयल गोर्खाका अनिश सर्वोत्कृष्ट खेलाडी, लालिगुराँस फूटबल क्लबका बिकास सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षक रोयल गोर्खाका सुबाश भएका छन् ।
पिआर इन्टरटेन्मेन्टको मुख्य प्रायोजन रहको प्रतियोगिता संचालन गर्न बिक्री इन्टरटेन्मेन्ट, परदेसी हातेमालो सहकारी, टप हिमालयन वाटर, ममता एण्ड मुक्ति, क्युटलुक ब्युटी पार्लर, सयपत्री स्टार रेस्टुरेन्ट, खेलप्रेमी राजु तिमल्सिनालगायतका संस्था र व्यक्तिले सहयोग गरेको बताइएको छ।

टिप्पणी लेख्नुहोस्