लेख विवरण

टी २० विश्पकप एसिया छनोटमा भोली नेपालले सिङ्गापुरसँग खेल्ने

टी २० विश्पकप एसिया छनोटमा भोली नेपालले सिङ्गापुरसँग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले टि २० विश्वकपमा क्वालिफायर हुनु नै आफूहरुको एकमात्र लक्ष्य रहेको बताएका छन् ।

भोलि (सोमबार) देखि काठमाडौंमा सुरु हुने टी २० विश्पकपको एसिया छनोट खेलबारे जानकारी दिन आइतबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमना उनले यस्तो बताएका हुन् । उनले पछिल्ला ६ महिना यता ब्याटिङ राम्रो भएको बताए । उनले पहिलाको कुरालाई बिर्सिएर मुख्य लक्ष्य अब आउने खेलमा लगाएको बताए । उनले क्वालिफायर घरेलु मैदानमा भएको र आफूहरुले ठूलो अवसरको रुपमा लिएको जानकारी दिए । उनले कुनै पनि टिमलाई सहज रुपमा नलिएको र क्वालिफाइ हुने आफूहरुको लक्ष्य रहेको भनाइ व्यक्त गरे । सबै खेलाडीहरुले आफूहरुको अनुभव प्रदर्शन गरेर विश्वकपमा छनोट हुनुपर्ने बताए ।

त्यस्तै, प्रशिक्षक मोन्टी देसाईले कुनैपनि टिमले विपक्षी टिमलाई कमजोर आँक्न नहुने बताए । उनले नेपाली टिम लयमा रहेकाले आफ्ना कमजोरीलाई सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए । उनले एकपटकमा एउटा खेलको रणनीतिका साथ अघि बढ्ने बताए । उनले आफ्ना लागि सबै खेल महत्त्वपूर्ण रहेको औंल्याए ।

कीर्तिपुर र मूलपानी क्रिकेट मैदानमा हुने विश्वकप छनोट यही कात्तिक १३ देखि १९ गतेसम्म आयोजना हुँदैछ । नेपाल रहेको समूह ए मा सिंगापुर, ओमान र मलेसिया छन् । समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन् । छनोटको पहिलो खेलमा नेपालले कात्तिक १३ गते सिङ्गापुरसँग त्रिवि मैदानमा खेल्नेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.