लेख विवरण

लुम्बिनी प्रदेश हाप्किडोको सेमिनार सुरु

लुम्बिनी प्रदेश हाप्किडोको सेमिनार सुरु

लुम्बिनी । लुम्बिनी प्रदेश हाप्किडो संघको आयोजनामा आइतबारदेखि राप्ती गाउँपालिका मसुरीया दाङमा लुम्बिनी प्रदेश स्तरीय हाप्किडो लिडरसिप, प्रशिक्षक तथा रेफ्री सेमिनार–२०८० सुरू भएको छ ।

लुम्बिनी प्रदेश हाप्किडो संघका अध्यक्ष टेकराज केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री माननीय धनबहादुर मास्की मगरको प्रमुख आतिथ्यता एवम् नेपाल हाप्किडो संघका केन्द्रीय अध्यक्ष तथा दक्षिण एशियाली हाप्किडो महासंघका अध्यक्ष कालीबहादुर घर्ती मगरको विशिष्ट आतिथ्यतामा सेमिनार सुरु भएको हो ।

सेमिनारलाई मन्त्री मास्की मगरले छोटो समयमै हाप्किडो खेल र खेलाडीहरुले गरेको उपलब्धिको प्रशंसा गर्दै खेलाडी भनेको राष्ट्रको सान र पहिचान हो भन्दै आगामी दिनहरुमा खेलाडीहरुलाई प्रोत्साहन गर्न र पुर्वाधार विकासको लागि प्रदेश सरकारबाट पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे । सेमिनारमा नेपाल हाप्किडो संघका प्रमुख प्रशिक्षक प्रबिन गुरुङले प्रशिक्षण दिने दिनेछन । सेमिनार ५ दिनसम्म सन्चालन हुने छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.