लेख विवरण

क्यामरुन स्ट्राइकर बिनोङ बुटवल लुम्बिनी एफसीमा आबद्ध

क्यामरुन स्ट्राइकर बिनोङ बुटवल लुम्बिनी एफसीमा आबद्ध

काठमाडौं । बुटवल लुम्बिनी फुटबल क्लबले सोमबार दोस्रो नेपाल सुपर लिग (एनएसएल)का लागि क्यामरुनी स्ट्राइकर स्टेफेन समीर बिनोङलाई आबद्ध गरेको छ । बुटवलले आईभरी कोस्टका गोलरक्षक क्वासी क्रिस्टियनलाई पनि अनुबन्ध गरिसकेको छ ।

२६ वर्षीय बिनोङले एनएसलको पहिलो संएकरणमा च्याम्पियन काठमाडौँ रेजर्सबाट खेलेका थिए । यसैगरी, यो सत्र सहिद स्मारक ए डिभिजन लिग एफसी खुमलटारमा थिए । सो लिगमा बिनोङले १० गोल गरेका थिए ।

एनएसएलको दोस्रो संस्करण आगामी मङ्सिर ८ देखि पुस २१ गतेसम्म काठमाडौँको दशरथ रङ्गशालामा हुँदैछ । बुटवलले पहिलो खेल मङ्सिर ९ मा ललितपुर सिटी एफसीविरुद्ध खेल्नेछ ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.