लेख विवरण

हंसपुरमा बबई कप टि-२० क्रिकेट प्रतियोगिता हुने

हंसपुरमा बबई कप टि-२० क्रिकेट प्रतियोगिता हुने

दाङ, विकाश भट्टराई । दाङको बबई गाउँपालिकामा बबई कप टि-२० क्रीकेट प्रतियोगिता २०८० हुने भएको छ । जिल्ला क्रीकेट संघ दाङको वार्षिक क्यालेन्डर अनुसार पुरनधारा क्रीकेट क्लबको आयोजनामा दाङको पश्चिम् बबई गाउँपालिका वडा नं ३ हंसपुरमा रहेको हंसपुर क्रीकेट मैदानमा यहि कार्तिक १८ गते देखि २२ गतेसम्मा बबई कप टि-२० क्रीकेट प्रतियोगिता संचालन हुन लागेको हो ।

कुल ६ टिमको सहभागीता रहने उक्त प्रतियोगितामा टिमहरुलाई २ समुहमा विभाजन गरेर लिग खेल खेलाईने क्लबका अध्यक्ष तथा खेल संयोजक बाल कृष्ण खत्रीले जानकारी दिए । प्रत्येक टिममा २ जना अन्डर १६ का खेलाडी अनिवार्य समावेश गर्नुपर्ने र ३ जना जिल्ला बाहिरका खेलाडीलाई समावेश गर्न सकिने खत्रीले बताए । खेलाडीहरुलाई क्रीकेटमा ब्यस्त राख्न तथा नयाँ खेलाडीहरुको खोजीमा तथा पुराना खेलाडीहरुलाई निखार्न जिल्लाको क्यालेन्डर अनुसार कार्यक्रम गर्न लागेको उनले वताए ।

प्रत्येक ग्रुपबाट उत्कृष्ट खेल खेल्ने २/२ टोलि सेमिफाइनलमा प्रवेश गर्नेछ्न । ग्रुप ए को बिजेताले ग्रुप बि को उपविजेता सँग र ग्रुप बि को बिजेताले ग्रुप ए को उपबिजेता सँग सेमिफाइनल खेल्नेछ ।

प्रतियोगिताको बिजेताले नगद रु पचास हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । तेस्तै उपबिजेताले नगद रु पच्चीस हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद आठ हजार, बेस्ट बलर र बेस्ट ब्याट्सम्यानले समान नगद पाँच/पाँच हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । तेस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले नगद रु पन्ध्र सय रुपैयाँ प्राप्त गर्नेछन् ।

सहभागी ६ टोलिहरु : पुरनधारा क्रीकेट क्लव बबई, श्री त्रिशिदेश्वरी स्पोर्ट्स क्लब तुल्सिपुर, घोराही क्रीकेट एकाडेमी घोराही, दाङ क्रीकेट लिग खेलेको टिम पुरनधारा च्यालेन्जर्स, गुरुकुल क्रीकेट एकाडेमी घोराही र राप्ती गाउँपालिका क्रीकेट टिम ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.