हक्कीको अम्पायर प्रशिक्षण आइतबारदेखि
काठमाडौंँ ।नेपाल हक्की संघको आयोजनामा अम्पायर प्रशिक्षण कार्यक्रम आइतबारदेखि हुने भएको छ । एसियाली हक्की महासंघको प्राविधिक सहयोगमा हुन लागेको प्रशिक्षणमा ३३ जनाको सहभागिता रहने हक्की संघले जनाएको छ ।
सहभागीलाई अन्तर्राष्ट्रिय हक्की महासंघ तथा एसियाली हक्की महासंघका प्रशिक्षक गुरिन्दर सिंहले प्रशिक्षण दिने छन् ।
तीनदिने प्रशिक्षणमा विभिन्न प्रदेश, नेपाल आर्मी र नेपाल प्रहरीका अम्पयारको सहभागिता रहने छ । प्रशिक्षण सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीको हलमा हुनेछ ।

टिप्पणी लेख्नुहोस्