लेख विवरण

कर्णाली खुकुरी मार्सल आर्ट्स प्रतियोगिताको टिम च्याम्पियन

कर्णाली खुकुरी मार्सल आर्ट्स प्रतियोगिताको टिम च्याम्पियन

काठमाडौंँ । कर्णाली प्रदेशले तेश्रो राष्ट्रिय केन्पो खुकुरी मार्सल आर्ट्स प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । कर्णाली ५ स्वर्ण, ४ रजत र ५ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बन्यो ।

नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघको आयोजना तथा कर्णाली प्रदेश केन्पो खुकुरी मार्सल आर्ट्स संघको व्यवस्थापनमा भएको प्रतियोगितामा २ स्वर्ण, ३ रजत र १ कांस्यसाथ बागमती प्रदेश दोश्रो भयो । सुर्खेतको वीरेन्द्रनगरमा भएको प्रतियोगितामा तेश्रो स्थानको सुदूरपश्चिम प्रदेशले १ स्वर्ण र ४ कांस्य हात पा¥यो ।

विजेतालाई आयोजक संघका अध्यक्ष पूर्णप्रसाद पाण्डेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि प्रतियोगिताको कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले उद्घाटन गरेका थिए । एकदिने प्रतियोगितामा ७० खेलाडीले ९ स्पर्धामा प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.