लेख विवरण

हक्कीको अम्पायर तालिम सुरु

हक्कीको अम्पायर तालिम सुरु

काठमाडौंँ । नेपाल हक्की संघको आयोजनामा अम्पायर तालिम आइतबारदेखि सुरु भएको छ । एसियाली हक्की महासंघको प्राविधिक सहयोगमा भएको तालिममा ३३ जनाको सहभागिता रहने हक्की संघले जनाएको छ ।

सहभागीलाई अन्तर्राष्ट्रिय हक्की महासंघ तथा एसियाली हक्की महासंघका प्रशिक्षक गुरिन्दर सिंहले प्रशिक्षण दिइरहेका छन् ।

अम्पायर तालिम नेपालमै पहिलो पटक भएको आयोजकले हक्कीका प्रशिक्षक रञ्जन थापाले जनाएका छन् । तालिम मंगलबार सम्पन्न हुनेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.