लेख विवरण

सुनिरालाई यु–१८ जुनियर टेनिस डबल्समा रजत

सुनिरालाई यु–१८ जुनियर टेनिस डबल्समा रजत

काठमाडौं । नेपाली टेनिस खेलाडी सुनिरा थापाले विमान २९ औं राजशाही अन्तर्राष्ट्रिय यु–१८ जुनियर टेनिस प्रतियोगिताको महिला डबल्समा शुक्रबार रजत जितेकी छन् ।

बंगलादेशको राजशाही भएको फाइनलमा भारतका साइजयनी बनेर्जी र पाल उपाध्यायको जोडीले सुनिरा र श्रीलंकाकी दिनेथ्या धर्मरत्नेको जोडीलाई ७–५ र ७–६ को सेटमा पराजित गरे । प्रतियोगिता अड्भोकेट अब्दुस सलाम टेनिस कम्प्लेक्स, राजशाहीले आयोजना गरेको हो ।

यसअघि बंगलादेशको ढाकामा भएको केहि दिनअघि सम्पन्न वर्ल्ड टेनिस टुर जुनियर, जिआर ५ को महिला सिंगल्समा पनि सुनिराले नेपाललाई रजत दिलाएकी थिइन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.