लेख विवरण

दोस्रो बकैया गाउँपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु

दोस्रो बकैया गाउँपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु

बकैया । बकैया गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा आजदेखी दोस्रो बकैया गाउँपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको सुरु भएको छ ।

प्रतियोगिता अन्तर्गत बुद्ध मावि खेल मैदानमा आज भएको उद्घाटन खेलमा वडा नं ४ ले वडा नं ८ लाई २०-२५, २५-१७ र १५-९ को सेटमा पराजित गरेको गर्यो । आजै भएको दोस्रो खेलमा वडा नं ३ ले वडा नं ९ लाई २५-१४ र २५-१२ को सोझो सेटमा पराजित गरेको छ ।

प्रतियोगिता अन्तर्गत भोलीको पहिलो खेल वडा नं ५ र ७ बीच तथा दोस्रो खेल वडा नं १० र ६ बीच हुने आयोजकले जनाएको छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.