वाहब रियाज पाकिस्तान क्रिकेटको मुख्य चयनकर्तामा नियुक्त
काठमाडौंँ । पूर्व पाकिस्तानी क्रिकेटर वहाब रियाज पाकिस्तान सिनियर पुरुष क्रिकेट टोलीको मुख्य चयनकर्ता नियुक्त भएका छन् । वहाब भन्दा पहिले इन्जमाम उल हक यो पदमा थिए। तर, स्वार्थ द्वन्द्वको आरोप लागेपछि उनले पदबाट राजीनामा दिएका थिए ।
वाहबले यसै वर्षको अगस्टमा अन्तर्राष्ट्रिय क्रिकेटलाई अलविदा गरेका थिए । यद्यपि उनी अझै पनि फ्रेन्चाइजी क्रिकेटमा आवद्ध रहेका छन् र पीएसएलमा पेशावर जाल्मीबाट खेल्छन्। वहाबले जनवरी-फेब्रुअरी महिनामा अस्ट्रेलियामा हुने तीन टेष्टको शृंखलाबाट जिम्मेवारी सम्हाल्नेछन्, यस सिरिजपछि पाकिस्तानले न्युजिल्यान्डसँग पाँच खेलको टी–२० सिरिज पनि खेल्नुपर्नेछ ।

टिप्पणी लेख्नुहोस्