लेख विवरण

युरोकप छनौट : रोनाल्डो र क्यान्सेलोको गोलमा पोर्चुगल विजयी

युरोकप छनौट : रोनाल्डो र क्यान्सेलोको गोलमा पोर्चुगल विजयी

काठमाडौं । युइएफए युरोकप छनौट अन्तर्गत पोर्चुगलले अर्को जित हासिल गरेको छ ।

समुह 'जे' मा रहेको पोर्चुगलले गएराती सम्पन्न खेलमा लिएचटेनस्टेइनलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो र जोअओं क्यान्सेलोले एक एक गोल गरेका थिए ।

युरोकप छनौटमा पोर्चुगलको यो लगातार नवौं जित हो । युरोकपका लागि यसअघि नै छनौट भएको पोर्चुगलको समुह 'जे' मा ९ खेलमा २७ अंक रहेको छ र समुहमा शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै लिएचटेनस्टेइनले भने ९ खेलमा सबै खेलमा हार बेहोरेको छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.