नेपालका अमन थापा बने प्याराग्लाइडिङ प्रि-वर्ल्डकप विजेता
काठमाडौंँ । भारतको धर्मशाला स्थित नरवानामा पहिलो पटक आयोजना भएको धौलाधार एक्युरेसी प्याराग्लाइडिङ प्रि-वर्ल्ड कपमा नेपालका अमन थापा विजयी भएका छन् । प्रतियोगिताको प्रथम ट्रफी अमन थापाले जितेका छन् भने भारतका अक्षय कुमारले दोस्रो र सुशान्त ठाकुरले तेस्रो स्थान हासिल गरेका छन् ।
महिलातर्फ भारतकी तरन्नुम ठाकुर पहिलो भएकी छन् । सपना कुमारी उपविजेता भइन् भने विदेशी पाइलट पाउलिन पारिच तेस्रो भए । त्यस्तै भारतीय विधामा अक्षय कुमार प्रथम, सुशान्त ठाकुर दोस्रो र योग राज तेस्रो भए ।
यस बाहेक टिम विधामा आकाश एडभेन्चरको पहिलो बनेको छ । एन्टि ग्रेभिटीको टोली दोस्रो र आकाश एडभेन्चर वनको टोली तेस्रो भयो ।
विजेता अमन थापाले रु १.५० लाख, दोस्रो हुने अक्षय कुमारले रु १ लाख र तेस्रो हुनेले ७५ हजार भारतीय रुपैया पुरस्कार प्राप्त गरे ।
विजेतालाई स्थानीय विधायक सुधीर शर्माले पुरस्कार प्रदान गरेका थिए ।
नोभेम्बर १३ बाट सुरु भएको प्रतियोगिता पाँच दिनसम्म चलेको थियो । प्रतियोगितामा नेपाल, भारत तथा विदेशी सहित ६६ जनाले सहभागिता जनाएकाका थिए ।

टिप्पणी लेख्नुहोस्