लेख विवरण

कोलम्बियाले भेनेजुएला र मेक्सिकोसँग मैत्रीपूर्ण खेल खेल्ने

कोलम्बियाले भेनेजुएला र मेक्सिकोसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौंँ । कोलम्बियाको राष्ट्रिय फुटबल टोलीले संयुक्त राज्य अमेरिकामा भेनेजुएला र मेक्सिकोसँग मैत्रीपूर्ण खेल खेल्दै वर्षको अन्त्य गर्ने कोलम्बियाली फुटबल महासंघ (एफसीएफ)ले शुक्रबार जनाएको छ ।

क्याफेटेरोसले डिसेम्बर १० मा फोर्ट लाउडरडेलमा भेनेजुएला र त्यसको छ दिन पछि लस एन्जलसमा मेक्सिकोको सामना गर्ने एफसिएफ विज्ञप्तिमा उल्लेख गरेको छ ।

कोलम्बिया र भेनेजुएलाबीच सेप्टेम्बरमा ब्यारेन्क्विलामा सन् २०२६ को विश्वकप छनोटपछि यो दोस्रो भीडन्त हुनेछ । मेक्सिको र कोलम्बियाको अन्तिम भेट सेप्टेम्बर २०२२ मा भएको थियो । सान फ्रान्सिस्को नजिकैको सान्ता क्लारामा भएको मैत्रीपूर्ण खेलमा क्याफेटेरोसले ३–२ को जित निकालेको थियो । ती खेलहरू फिफाले जारी गरेको अन्तरराष्ट्रिय मितिमा निर्धारित छैनन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.