लेख विवरण

एकदिवसीय विश्वकप इतिहासमा सबैभन्दा सफल दुई टोलीबीचको शक्ति परीक्षा

एकदिवसीय विश्वकप इतिहासमा सबैभन्दा सफल दुई टोलीबीचको शक्ति परीक्षा

काठमाडौंँ । एकदिवसीय विश्वकप इतिहासका दुई सर्वाधिक सफल टोली १३ औं संस्करणको फाइनलमा आमनेसामने हुँदैछन् । भारतले प्रतियोगितामा १० जितका साथ उत्कृष्ट प्रदर्शन गरेको छ । साथै उसले अन्य टोलीभन्दा बढी रन र विकेट पनि लिएको छ । पहिलो पाँच खेलमा लक्ष्य पछ्याएको भारतीय टोलीले औसतमा ६४ बल बाँकी रहँदै जित हात पारेको थियो । यसबाहेक पछिल्लो पाँच खेलमा उसले १७५ रनको औसत अन्तरले जित हासिल गरेको थियो ।

अर्कोतर्फ, अस्ट्रेलिया विगत आठ वर्षमा भारतको घरेलु मैदानमा भारतविरुद्ध सेतो बलको शृङ्खलामा सफलताको स्वाद चाख्ने एक मात्र टोली हो । टोलीले यस वर्षको सुरुवातमा पनि भारतमै २–१ ले शृंखला जितेको थियो।

अहमदाबादको मोटेरा स्टेडियममा विभिन्न माटोबाट बनेका पिचहरू छन्। जहाँ जारी विश्वकपमा पहिलो इनिङ्सको औसत रन जम्मा २५१ मात्र रहेको छ। यो दुई स्थान मध्ये एक हो जहाँ कुनै पनि टोलीले अहिलेसम्म ३०० रन बनाएको छैन, जसमा अर्को चेपौक स्टेडियम हो।

यहाँ लिग चरणका चार खेल मध्ये लक्ष्य पछ्याउने टोलीले तीनमा जित हात पारेका छन् । खासगरी स्पिनरहरूले दिउँसो सूर्यको प्रकाशमा अधिक फाइदा पाउँछन्, जहाँ उनीहरूलाई पिचमा पकड प्राप्त गर्ने मौका हुन्छ, यद्यपि बल प्रयाप्त मात्रामा टर्न हुँदैन ।

रिपोर्ट अनुसार खेल पहिले प्रयोग गरिएको पिचमा नै खेलाइनेछ र जहाँ कालो प्रकृतिको माटो हुनेछ, जसले स्पिनरहरूलाई केही मद्दत पुग्ने छ ।

विश्वको सबैभन्दा ठूलो क्रिकेट मैदान नरेन्द्र मोदी स्टेडियमले प्रतियोगितामा हालसम्म चार खेल आयोजना गरिसकेको छ, जसमा स्पिनरहरूले नतिजामा महत्त्वपूर्ण योगदान पुर्याएका छन्। प्रतियोगितामा तीव्र गतिका बलरले कुल ३५ विकेट लिए पनि स्पिनरले २२ विकेट लिएर राम्रो प्रदर्शन गरेका छन् ।

समग्रमा स्पिनरहरू तीव्र गतिका बलरहरूभन्दा बढी किफायती साबित भएका छन् ।

स्पिनरहरूले पनि खेलको मध्य ओभरमा प्रभावशाली प्रदर्शन गरेका छन, जबकि पेसर बलरहरू, विशेष गरी जसप्रित बुमराह, मोहम्मद शामी र मोहम्मद सिराज जस्ता भारतीय बलरहरुले पहिलो ओभरमा घातक प्रदर्शन गरेका छन्।

फाइनलको पहिलो पावरप्लेमा ब्याटिंग गर्ने टोलीले आक्रामक बलिङको सामना गर्नेछन । यो चरणमा दुवै क्याम्पबाट विस्फोटक ब्याटिङको अपेक्षा गरिएको छ । विश्व क्रिकेटका सर्वाधिक आक्रामक शीर्ष तीन ब्याट्सम्यान डेभिड वार्नर, ट्रेभिस हेड र मिचेल मार्शले यस वर्षको सुरुमा पहिलो पावरप्लेमा ४५ भन्दा बढीको औसतमा रन बनाएका छन् । उनीहरुको स्ट्राइरेट ११० रहेको छ । भारतसँग जसप्रित बुमराह, मोहम्मद शामी र मोहम्मद सिराजको उत्कृष्ट जोडी रहेको छ । यी तीनै जनाको औसत २०.६४ रहेको छ र प्रति ओभर ४.२८ को दरमा रन दिएर जारी विश्वकपमा अहिलेसम्मकै सबैभन्दा प्रभावकारी बलिङ प्रदर्शन गरेका छन् ।

शामीले जारी प्रतियोगितामा नयाँ बलबाट बायाँ हाते ब्याट्सम्यानविरुद्ध घातक प्रदर्शन गरेका छन् र उनले पहिलो पावरप्लेमा मात्र २५ बलमा विकेटको चारै कोणबाट चार ब्याट्सम्यानलाई आउट गरेका छन् ।

एशेज प्रतियोगितामा वार्नरलाई स्टुअर्ट ब्रोडले विकेटको चारै कोणबाट समस्यामा पारेका थिए भने हेडलाई वानखेडेमा नवीन उल हकले उही तरिकाले आउट गरेका थिए । त्यसैले एकदिवसीयमा तीन पटक आउट गरिसकेका सामीले फाइनलमा पनि वार्नरलाई आफ्नो शिकार बनाउनेछन् ।

अर्कोतर्फ, मार्स यस वर्ष एकदिवसीय क्रिकेटमा भारतका लागि समस्या बनेका छन् र भारतका तीनै तेज बलरहरू विरुद्ध एक बल भन्दा बढी रन दिएका छन्। पावरप्लेमा मार्सले ८४ बल खेल्दै ६१ रन बनाएर १ विकेट लिएका छन् ।

सिराजले जारी प्रतियोगितामा आफ्नो उत्कृष्ट प्रदर्शन गर्न सकेका छैनन् र अस्ट्रेलियाका शीर्ष तीन विरुद्ध उनले खराब रेकर्ड राखेका छन् । अष्ट्रेलियाको शीर्ष क्रमले सिराजलाई निशाना बनाउन सक्छ।

यदि भारतले अस्ट्रेलियाको शीर्ष क्रमलाई चाँडै समेटन सक्यो भने, यसले अस्ट्रेलियाली टोलीको मध्यक्रममाथि थप दबाब सिर्जना गर्नेछ, जसले अहिलेसम्म प्रतियोगितामा खासै केही गर्न सकेका छैनन् ।

जारी विश्वकपमा अहिलेसम्म भारतीय स्पिनरहरुले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् र आवश्यक परेको समयमा भारतलाई विकेट दिलाएका छन् । उनीहरूले विपक्षी मध्यक्रमलाई पनि ध्वस्त पारेका छन् । समूह चरणको खेलमा भारतीय स्पिन टोलीले ३० ओभरमा १०४ रन खर्चेर ६ विकेट लिएपछि अस्ट्रेलियाले ७४ रनको स्कोरबाट पहिलो विकेट गुमाएर १४० रन बनाउदा ७ विकेट गुमाएको थियो ।

स्टिभ स्मिथ, मार्नस लाबुशेन र जोस इङ्गलिसले प्रतियोगिताको शीर्ष टोलीविरुद्ध दुई–तीन खेलबाहेक अहिलेसम्म आक्रामक प्रदर्शन गर्न सकेका छैनन् । यदि अस्ट्रेलियाले राम्रो सुरुआत गर्न सक्यो भने मध्यक्रमले कुलदीप यादवलाई निशाना बनाउन सक्छ, जसविरुद्ध अधिकांश ब्याट्सम्यानको रेकर्ड यस विश्वकपमा विशेष छैन ।

अस्ट्रेलियाका दुई उत्कृष्ट स्पिन खेलाडी वार्नर (८३ बल, ६६ रन, ३ विकेट) र ग्लेन म्याक्सवेल (६९ बल, ९९ रन, ३ विकेट) विरुद्ध कुलदीप यादवको हेड टु हेड रेकर्ड राम्रो रहेको छ ।

विश्वकपको उपाधिका लागि आइतबार अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा यी दुई टोली आमनेसामने हुनेछन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.