केपी ओली कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक
काठमाडौंँ । मंसीर ७ देखी पोखरामा आयोजना हुने केपी ओली कप राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । सार्वजनिक तालिका अनुसार प्रतियोगिताको उदघाटन खेल अर्थात मंसीर ७ मा बागमती प्रदेश र आयोजक मदन भण्डारी स्पोटर्स एकेडमी (रातो) भिड्ने भएका छन् ।
प्रतियोगितामा उद्घाटन दिन पहिलो तथा अन्य दिनहरुमा २ खेल हुने आयोजकले सार्वजनिक गरेको तालिकामा उल्लेख छ । प्रतियोगिता मंसीर १५ सम्म चल्नेछ ।
प्रतियोगिताको समुह 'ए' मा बागमती प्रदेश, कर्णाली प्रदेश र मदन भण्डारी स्पोटर्स एकेडमी (रातो) रहेका छन । समुह 'बी' मा एपिएफ क्लब, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेका छन् । त्यस्तै समुह 'सी' मा नेपाल पुलिस क्लब, मधेश प्रदेश र सुदुरपश्चिम प्रदेश रहेका छन । र समुह 'डी' मा त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र मदन भण्डारी स्पोटर्स एकेडमी (निलो) रहेका छन् । प्रत्येक समुह विजेता टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन ।
खेल तालिका
मंसीर ७ : बागमती प्रदेश विरुद्ध मदन भण्डारी स्पोटर्स एकेडमी (रातो)
मंसीर ८ : कर्णाली प्रदेश विरुद्ध बागमती प्रदेश, दोस्रो खेल : एपिएफ क्लब विरुद्ध गण्डकी प्रदेश
मंसीर ९ : मदन भण्डारी स्पोटर्स एकेडमी (रातो) विरुद्ध कर्णाली प्रदेश, दोस्रो खेल : लुम्बिनी प्रदेश विरुद्ध एपिएफ क्लब
मंसीर १० : लुम्बिनी प्रदेश विरुद्ध गण्डकी प्रदेश, दोस्रो खेल : नेपाल पुलिस क्लब विरुद्ध मधेश प्रदेश
मंसीर ११ : मधेश प्रदेश विरुद्ध सुदुर पश्चिम प्रदेश, दोस्रो खेल : त्रिभुवन आर्मी क्लब विरुद्ध मदन भण्डारी स्पोटर्स एकेडमी (निलो)
मंसीर १२ : सुदुर पश्चिम प्रदेश विरुद्ध नेपाल पुलिस क्लब, दोस्रो खेल : कोशी प्रदेश विरुद्ध त्रिभुवन आर्मी क्लब
मंसीर १३ : मदन भण्डारी स्पोटर्स एकेडमी (निलो) विरुद्ध कोशी प्रदेश
मंसीर १४ : सेमिफाइनल १ (समुह ए विजेता विरुद्ध समुह डी विजेता), सेमिफाइनल २ (समुह बी विजेता विरुद्ध समुह सी विजेता)
मंसीर १५ : फाइनल ।

टिप्पणी लेख्नुहोस्