लेख विवरण

चारदेशीय महिला टी-२० सिरिजको उपाधि हङकङलाई

चारदेशीय महिला टी-२० सिरिजको उपाधि हङकङलाई

काठमाडौँ । हङकङले चारदेशीय महिला टी-२० सिरिजको उपाधि जितेको छ ।

आइतबार सम्पन्न फाइनल खेलमा तान्जानियालाई ५ विकेटले पराजित गर्दै हङकङले सिरिज जितेको हो । तान्जानियाले दिएको ८५ रनको लक्ष्य पछाएको हङकङले १९.१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

यसअघि तान्जानियाले पहिला ब्याटिङ गर्दै १८.४ ओभरमा अल आउट हुदै ८४ रन बनाएको थियो । 

यस सिरिजमा नेपाल भने आजै भएको तेस्रो स्थानको खेलमा जापानलाई पराजित गर्दै तेस्रो भएको थियो ।  यस सिरिजमा जापान भने कुनै पनि खेल जित्न असफल भएको थियो ।

 
       

टिप्पणी लेख्नुहोस्

Please Login to comment.