लेख विवरण

अन्तर्राष्ट्रिय खुल्ला कराँते प्रतियोगितामा नेपाली टोली च्याम्पियन

अन्तर्राष्ट्रिय खुल्ला कराँते प्रतियोगितामा नेपाली टोली च्याम्पियन

काठमाडौंँ । श्रीलंकाको कोलोम्बोमा भएको १० औं अन्तर्राष्ट्रिय खुल्ला कराँते प्रतियोगितामा पाँच राष्ट्रलाई पछि पार्दै नेपाल टिम च्याम्पियन बनेको छ । नेपाल ३ स्वर्ण, २ रजत र ३ कांस्य पदकसाथ टिम च्याम्पियन भएको नेपाल वादोरियो कराते संघका अध्यक्ष हरिशरण केसीले जनाएका छन् ।

बन्दरागमा इन्डोर स्टेडियममा भएको प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, पाकिस्तान र माल्दिभ्सका खेलाडीहरुको सहभागिता रहेको थियो ।

नेपालको प्रतिनिधित्व गर्दै देवकुमार शाहले कुमितेमा एक स्वर्ण र कातामा १ रजत गरी दुई पदक जित्न सफल भए । बेद जैसवाल र अन्स चौधरीेले कुमितेमा स्वर्ण पदक प्राप्त गरे । आइलेसजङ्ग थापाले रजत जिते । नितिशा श्रेष्ठ, हिमानी थापा मगर र वीरबहादुर कुमालले कास्य पदक हात पारेको टिम व्यवस्थापक राजेन्द्र कुँवरले जानकारी दिए ।

उद्घाटन समारोहमा नेपाली खेलाडीको हौसला बढाउन श्रीलंका पुगेका न्युरोलोजिस्ट डा. लेखजङ थापाले आफ्नो कला र सीप प्रर्दशन गरी उत्कृष्ट खेल खेलेर देशलाई विश्वमाझ चिनाउन आग्रह गरे ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.