लेख विवरण

विश्वकप क्रिकेट : भारतले दिएको २४१ रनको लक्ष्य अष्ट्रेलियाले पुरा गर्ला ?

विश्वकप क्रिकेट : भारतले दिएको २४१ रनको लक्ष्य अष्ट्रेलियाले पुरा गर्ला ?

काठमाडौंँ । भारतमा जारी एकदिवसीय विश्वकपको फाइनलमा भारतले अष्ट्रेलियालाई जितका लागि २४१ रनको लक्ष्य दिएको छ । अहमदाबाद स्थित नरेन्द्र मोदी क्रिकेट स्टेडीयममा टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा २४० रन बनाउदै अलआउट भयो । टोलीका लागि केएल राहुलले सर्वाधिक ६६ रन बनाए । विराट कोहलीले ५४ रन बनाए ।

त्यसैगरी कप्तान रोहित शर्माले ४७, सूर्यकुमार यादवले १८ रन बनाए । शुभमन गिल र श्रेयस अय्यरले ४-४ रन बनाए भने रविन्द्र जडेजाले ९, मोहमद शामीले ६, जसप्रित बुमराहले १, कुलदीप यादवले १० र मोहमद सिराजले अविजित ९ रन बनाए ।

अष्ट्रेलियाका लागि बलिङमा मिचेल स्टार्कले सर्वाधिक ३ विकेट लिए । जोश हेजलवुड र प्याट कमिन्सले २-२ विकेट लिए । ग्लेन म्याक्सवेल र एडम जाम्पाले समान १-१ विकेट लिए ।

२४१ रनको लक्ष्य पाएको अष्ट्रेलियाले अब केही बेरमा ब्याटिङ गर्नेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.