लेख विवरण

सूर्य भारतीय टोलीको नयाँ कप्तान, अक्षरले पुनरागमन गर्दा संजु र चहललाई बेवास्ता

सूर्य भारतीय टोलीको नयाँ कप्तान, अक्षरले पुनरागमन गर्दा संजु र चहललाई बेवास्ता

काठमाडौंँ । अस्ट्रेलियाविरुद्ध पाँच खेलको टी–२० सिरिजका लागि भारतीय टोलीको कप्तानमा सूर्यकुमार यादवलाई नियुक्त गरिएको छ । टोलीको उपकप्तानको जिम्मेवारी रुतुराज गायकवाडलाई दिइएको छ भने श्रेयस अय्यर अन्तिम दुई खेलका लागि मात्र उपलब्ध हुनेछन् ।

श्रेयस उपलब्ध नहुञ्जेलसम्म ऋतुराज टोलीको उपकप्तान रहनेछन् । सूर्यकुमार, इशान किशन र प्रसिद्ध कृष्णलाई मात्र सबै खेलका लागि टोलीमा समावेश गरिएको छ । सिरिज २३ नम्बरबाट सुरु हुन लागेको हो ।

अक्षर पटेल चोटका कारण टोली बाहिर थिए । आयरल्याण्डविरुद्धको टी–२० टोलीमा रहेका संजु स्यामसन र शाहबाज अहमदलाई भने बेवास्ता गरिएको छ । युजवेन्द्र चहललाई पनि मौका दिइएको छैन ।

सिरिजको पहिलो खेल विशाखापट्टनममा हुनेछ । अन्य खेल तिरुवनन्तपुरम (२६ नोभेम्बर), गुवाहाटी (२८ नोभेम्बर), रायपुर (डिसेम्बर १) र बेंगलुरु (डिसेम्बर ३) मा हुनेछ।

भारतीय टोली : सूर्यकुमार यादव (कप्तान), रुतुराज गायकवाड़ (उप-कप्तान), इशान किशन (विकेटकीपर), यशस्वी जयसवाल, तिलक वर्मा, रिंकू सिंह, जितेश शर्मा, वाशिंगटन सुंदर, अक्षर पटेल, शिवम दुबे, रवि बिश्नोई, अर्शदीप सिंह, प्रसिद्ध कृष्णा, आवेश खान, मुकेश कुमार, श्रेयस अय्यर (उप-कप्तान, अन्तिम दुई खेलका लागि मात्र) ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.