युरोकप २०२४ का लागि २० देश छनौट
काठमाडौँ । युरोकप २०२४ मा कुल २० देश छनौट भएका छन् ।
युरोपका २४ देशले भाग लिने युरोकपमा छनौट खेलबाट अब एक देश छनौट हुन बाँकी छ भने बाँकी ३ देश प्लेअफबाट छानिने छन् ।
अब समुह 'डी' बाट समुह चरणका अन्तिम खेल आज राति सकिए पछि आयोजकसहित युरोकपका २१ देश छनौट हुने छन् ।
युरोकप २०२४ को जुन १४ देखि १४ जुलाईसम्म जर्मनीमा हुदैँछ । आयोजकका हिसाबले जर्मनी सिधै छनौट भएको छ भने युरोकपका लागि छनौट भएका अन्य देशमा समुह 'ए' बाट स्पेन र स्कटल्याण्ड, समुह 'बि' बाट फ्रान्स र नेदरल्याण्डस, समुह 'सी' बाट इङल्याण्ड र इटाली छानिएका छन् ।
त्यस्तै समुह 'डी' बाट टर्की छनौट भएको छ भने अब अन्तिम खेलपछि क्रोसिया र वेल्स मध्ये एक देश सिधै छनौट हुने छ ।
त्यसैगरी समुह 'इ' बाट अल्बानिया र चेक रिपब्लिक छनौट भएका छन् भने समुह 'एफ' बाटबेल्जियम र अस्ट्रिया छनौट भएका छन् । त्यसैगरीसमुह 'जी' बाट हंगेरी र सर्बिया, समुह 'एच' बाट डेनमार्क र सर्बिया, समुह 'आइ' बाट रोमानिया र स्वीजरल्याण्ड तथा समुह 'जे' बाट पोर्चुगल र स्लोभाकिया युरोकपका लागि छनौट भएका छन् ।
आगामी युरोकपमा म्यानचेस्टर सिटीबाट खेल्ने इर्लिंग हलाण्डको देश नर्वे भने छनौट हुन असफल भएको छ । समुह 'ए' मा रहेको नर्वे ८ खेलमा ११ अंकसहित तेस्रो भएको थियो । सिधै छनौट हुन असफल भएको नर्वे नेसन्स लिगमा खराब प्रदर्शनका कारण प्लेअफ समेत खेल्न नपाउने भएपछि युरोकपमा पुग्न असफल भएको हो ।
अब तीन स्थानका लागि प्लेअफमा पोल्याण्ड, वेल्सरक्रोसिया, इजरायल, बोसनिया हर्जगोभिना, फिनल्याण्ड, युक्रेन, आइसल्याण्ड, गार्जिया, ग्रीस, काजकिस्तान, लक्जेम्बर्ग र इस्टोनिया खेल्ने छन् ।
प्लेअफमा युइएफए नेसन्स लिगको प्रदर्शनका आधारमा तय गरिएको वरियता अनुसार खेल्ने अवसर दिइएको युइएफएले जनाएको छ । प्लेअफको ड्र भने नोभेम्बर २३ मा हुने छ भने प्लेअफका खेल आगामी मार्चमा हुने छन् ।

टिप्पणी लेख्नुहोस्