लेख विवरण

नवौं रेडिअन्ट कप : आयोजकको विजयी सुरुआत

नवौं रेडिअन्ट कप : आयोजकको विजयी सुरुआत

काठमाडौंँ । आयोजक रेडिअन्ट पब्लिक बोर्डिङ स्कुलले नवौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शुक्रबार विजयी सुरुआत गरेको छ ।

स्युचाटारस्थित घरेलु कोर्टमा रेडियन्टले श्री नवीन ज्योतिलाई २०–१६ ले पराजित ग¥यो । रेडियन्ट सुशंकेत बनेपालीले ६ अंक जोडे । सोही स्पर्धामा पुष्पसदनले ग्रिन लाउन्सलाई १८–१५ ले हरायो । पुष्पसदनका जेसनले १२ स्कोर गरे ।

सिनियर ब्वाइजमा ज्ञानोदयले ओएसिसलाई २७–२४, निसर्ग वाटिकाले पुष्पसदनलाई ३१–२९, विल्सन एकेडेमीले एक्सेल पब्लिकलाई ३३–१५ र बिग बुद्धले एलआरआईलाई ३४–२८ ले पाखा लगाए । ज्ञानोदयका रिजन अधिकारीले १२, निसर्गका औनलाल श्रेष्ठले १८, विल्सनका अनुप मगरले १३ र बिग बुद्धका सौरभ श्रेष्ठले २० अंक जोडे ।

सिनियर गर्ल्समा द एक्सेल्सियरले ओएसिसलाई २३–६ तथा जेसेसले ज्ञानोदयलाई १५–१२ ले पन्छाए । एक्सेल्सियरकी एकिना घिमिरेले १४ तथा जेसेसकी स्मृति थापाले २१ अंक जोडे ।

प्रतियोगिताको रेडियन्टका प्रिन्सिपल सूर्यबहादुर केसी र भाइस प्रिन्सिपल शुभद्रा कुँवरले निर्णायकलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी संयुक्त रुपमा उद्घाटन गरे । सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १२–१२ गरी ४८ टिम सहभागी छन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.